Maitighar News

Nepali News Portal

Uncategorized

म सोच्छु समाचारमा पढ्दा त मेरो शरिर काप्न थाल्छ… Sushreeta Acharya

बलत्कार अनि बलत्कारी यि दुबै शब्द सुन्दा सायदै कोसैलाई मन पर्छ होला आज भोली त झन बलत्कार को समाचार मैले नपढेको कुनै दिन खाली हुँदैन । म सोच्छु समाचार मा पढ्दा त मेरो शरिर काप्न थाल्छ पीडित लाई त झन कस्तो हुन्छ होला म सोच्न नि सक्दिन । यस्तो घटना दिनहु सुन्दा सुन्दा म एउटा छोरी मान्छे पुरुष मात्रै भएको गाडी मा चढ्न डराउने भैसके,केटा हरु मात्रै भएको गल्ली हरुमा हिड्न हिच्किचाउने भैसके,जती नै हक्की निडर साेभाब भएपनी यस्तो कुरा हरु सुन्ने बित्तिकै मनले कम्जोर महसुस गर्न थाल्दो रहेछ । बलत्कार हुनु को कारण के होला भनेर मेरो दिमागले सकेजती सोच्ने प्रयास गर्छु अनेक कुरा हरु आउछन मेरो मन मा, जस्तै हाम्रो देश को कानुन बलियो नभएर होकि सोच्छु अनी फेरी सोच्छु कानुन बलियो भएकै देशमा यस्ता घटना नभएका त होईनन् । हाम्रो देशका मन्त्री को भाषण मा सुन्छु बेला बेला बलत्कार हुँदा महिला ले आनन्द लिरहेका हुन्छन ,यो त सामन्ने कुरा हो हरे सोच त यस्तो छ देश चलाउने वाला हरुको भनेर बिरक्त लाग्छ, बलत्कार मानसिक सन्तुलन गुमाएका हरुले गर्दा हुने होकी ज्स्तो लग्थ्यो मलाई पहिला पहिला तर होईन रहेछ ठुला ठुला मन्त्री ,देशका रक्षेक भनेर चिनिने पुलिस देखी नै एस्तो हर्कतको खबर आएपछी म मेरो सोचाइमा गलत साबित भए म सही तेती बेला हुने थिए जती बेला यस्ता व्यत्ति हरुको मानसिक अस्पताल मा उपचार भइरहेको छ भन्ने समाचार पढ्न पाएको भए। हाम्रो नेपाल सानो देश मलाई लाग्छ नेपालका चार पाँच ओटा सहर बाहेक विकास हुन , मान्छेहरुलाई शिक्षा पुग्न धेरै ठाउँ हरु बाकि छन् । केही घटना भईहाल्यो भने दबाउन पर्यास गरिन्छ। बलत्कार पुरुष ले महिला लाई मात्र होइन पुरुषले पुरुष लाई महिलाले पुरुष लाई गरेका, यस्ता घटना देखि नि हाम्रो देश अछूतो छैन तर प्राय पुरुष देखि महिला नै पिडित हुने भएकाले घटना अलि गहिराे बनिदिन्छ। कतै एउटा दाई बहिनी को बलत्कारि ,कतै जन्म दिने बाऊ छाेरि को बलत्कारि , श्रीमान श्रीमतीको बलत्कारि , हाम्रो देश मा छोरी मान्छे बाउ देखि त पिडित छन बाहिरको झन के कुरा गर्नु। अनि अर्को कुरा बलत्कार भयो भने कतै छोरी को कपडा लाई कतै छोरी को नियत लाई खोट लगाउन आउने मान्छे को कमि आज को दिन मा नि छैन,अनि पिडित छोरी मान्छे लाई तेरो इज्जत जान्छ यस्ता कुरा हरु हल्ला गर्नु हुदैन भनेर कति घटना हरु बोल्नै दिइदैन कतिपय ठाउँ मा। यो समाज ले महिला हारु को इज्जत योनि मा राखिदिएको छ, तर बुज्न पर्ने कुरा इज्जत पिडित महिलाको होइन जस्ले बलत्कार गर्यो उस्को जान्छ चेतना भया।। बोल्नै नसक्ने बच्चा , हिड्नै नसक्ने बढो मान्छे हरु नि बलत्कार को सिकार हुन पुग्छन। कस्तो नियत हुन्छ मान्छे हरुको हरे!!! आफ्नो एकैछिन को स्वार्थ पूरा गर्न ज्यान समेत लग्न सकिदिने। कहिेले कहिले यस्ता मान्छे हरु को लिङ्ग नै काटिदिएर जीवन भर छट्पटाउन दिए अलि बुझ्ने थिएकि जस्तो लाग्छ ,होइन भने आज बलत्कार गर्यो १ बर्ष कारागार मा बस्यो धराैटिमा छुट्योे के यति मात्र हो त यउटा बलत्कार गरेर ज्यान सम्म लिन सक्ने मान्छे को लागि सजाय !! प्रस्नको उत्तर को सङ्ग सोध्ने खोइ???

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *