हर्कबहादुर रावल
अधिवक्ता
के छ र धर्तीमा लिनु र दिनु
दुई दिनको जिन्दगी आउनु र जानु
सके माया लाउनु नसके रमाउनु
न ल्याएर आउनु न लिएर जानु
जाने बेला एक्लै आखिर छ जानु
आफु सम्झिबस्नु सम्झने बनाउनु
रोएर आउनु रुवाएर छ जानु
त्यसैले बाचुन्जेल हाँस्नु हँसाउनु
मायालु हुनु र सबैलाई हँसाउनु
यसरी हाँसिखुसी जीवन कटाउनु ।
के छ र धर्तीबाट लिएर जानु
दुई दिनको जिन्दगी हाँसेर बिताउनु ।