Maitighar News

Nepali News Portal

राजनिती

पुरानो पार्टी जस्तै नयाँ पार्टीले पनि अन्याय गरेको देखियो

हर्कबहादुर रावल
अधिवक्ता 

पुरानो पार्टी जस्तै नयाँ पार्टीले पनि अन्याय गरेको देखियो :

Political Behaviourism र Political Pluralism २१औ शताब्दीका अति महत्त्वपूर्ण र निर्णायक बिषयहरु हुन।

साथै राजनितिमा Opportunity र Leadership Development का साथै संघसंगठनमा

Human Resource Management पनि आजको विश्वको अत्यावश्यक र महत्वपुर्ण, अझ कतिपय अवस्थामा

निर्णायक Factor हुन । नेकपा एमाले बिभाजन भए पछि अन्यत्र भन्दा सुदुरपश्चिमान्चलमा र कर्णाली प्रदेशमा एमाले बिभाजनबाट

बनेको नेकपा एकीकृत समाजबादी पार्टीले ठूलो साथ र समर्थन पायो। त्यो पार्टीले त्यहा ठुलो समर्थन पाउनुमा कुनै नेताको अनुहार

नाम मन पराउनु कुनैको नपराउनु अमुक पार्टीको नितिशिद्धान्ता का कारणले भन्दा पनि Socio Economic कारण बढी

निर्णायक थियो जस्तो लाग्छ मलाई ।

नेकपा एमालेमा पहिलेदेखि र केपी ओलिको सत्ता पछि त्यो क्षेत्रका जनताहरुले निरन्तर र अत्त्यधिक क्षेतृय बिभेदको अन्याय

भोग्नु परेका कारणले त्यहाका जनता तथा पार्टी कार्यकर्ताहरुले नयाँ पार्टी प्रती ठूलो समर्थन दिएका थिए ; तर दुख को कुरा

के भयो भने पार्टी जिम्मेवारी र पदाधिकारी जिम्मेवारीमा नेपाल – खनाल नेतृत्वको नेकपा एस पार्टीले पनि साबिक को एमाले

र ओलिजिकै नेतृत्वको पार्टीको जस्तै नेतृत्व र जिम्मेवारीमा सुदुरपश्चिम र बास्तबिक कर्णाली बासिलाई अन्याय गरेको देखियो ।

आम साधारण मान्छेले पनि यो अन्याय देखेको छ ,यो दु:खद र सोचनिय विषय हो। न्यायकोलागी बिद्रोह गरेभन्ने नयाँ शक्तिले

यस्तो प्रथमदृस्टिमै अन्यायपूर्ण देखिने कार्य गर्नु उचित हुदैन । सरोकारवाला संबंधितले यो सुझावलाई बुझुन र न्याय पुर्ण संगठनको

निर्माण गरुन् । यो एक नागरिकको अरुलाई जस्तै तपाईंहरुलाई पनि सुझाव हो, बुझ्नुहोला र न्यायपुर्ण कार्यान्वयन गर्नुहोला । न्याय गर्नुहोला ।

धन्यवाद ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *