Maitighar News

Nepali News Portal

प्रमुख समाचार मनाेरञ्जन राजनिती समाचार

ग्राउन्ड जिरो : साढे चार महिनाअघि जनकपुर आइपुगेका रेल अझै त्रिपालभित्र

जनकपुर । गत असोज २ गते जनकपुरमा नयाँ रेल आइपुगेको विषयले देशमा एकखालको चर्चा बटुल्यो । नेपाली मिडियामा रेलका तस्बिर छापिए, कयौं स्थानीयवासीले रेलका सामु सेल्फी लिए ।

साढे चार महिनाअघि जनकपुर हुँदै कुर्थासम्म पुगेको रेलको ‘ग्राउन्ड जिरो’ रिपोर्टका लागि रातोपाटीकर्मी सीमावर्ती क्षेत्र इनर्वासम्म पुग्दा ती दुवै रेललाई पहेँलो रङको त्रिपाल ओढाएर राखेको पाइयो । भारतको जयनगरबाट प्रदेश २ को अस्थायी राजधानी जनकपुर हुँदै कुर्थासम्म सञ्चालनका लागि ल्याइएका दुईवटा रेल साढे चार महिनादेखि त्रिपालभित्र सीमित भएका हुन् । ती रेलको घुम्टो कहिले खुल्ने हो र कहिलेदेखि नियमित सेवामा सञ्चालन हुने हो भन्नेबारे कसैले प्रस्ट जानकारी दिन सकेको छैन ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *